सेफ्टी ट्यांकीमा परेर जंगली हात्तीको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडौं,३२ साउन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर बुधवार राति जंगली हात्तीको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए।

राति १२ बजेपछि जंगली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको उनले बताए। अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ।

जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउँदै विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको