क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुने

समाचार शेयर गर्नुहोस्

काठमाडौं,३२ साउन

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुने भएको छ ।

पेशी सूचीमा उनको मुद्दा पहिलो नम्बरमा छ । बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

आज पनि सन्दीपको मुद्दामा फैसला नभएमा उनि यही भदौ ३० गतेदेखि हुने एसियाकप क्रिकेट खेल्न पाकिस्तान र श्रीलंका जाने सम्भावना नहसन सक्ने कानुनविद्हरुको आकलन छ ।फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ ।

सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको फैसला गर्न आदेश दिएको भए पनि जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता देखाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको