Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

जनकपुर विमानले लेख्याे सुरक्षा निकायलाइ पत्र

समाचार शेयर गर्नुहोस्

जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई पत्र लेख्न लागेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगेका थिए । यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न उनीहरु विमानको ढोकासम्मै पुगेका थिए ।

अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि नेता कार्यकर्ताले नियम मिच्ने गरेको उनले गुनासो गरे ।

यो घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेको विमानस्थल प्रमुख पन्तले बताए ।

‘धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति छ । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा कार्यकर्ता पुगे । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेख्न लागेका छौं,’ उनले भने । यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको