Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

इजरायल बाट २५४ नेपाली उद्दार

समाचार शेयर गर्नुहोस्

काठमाण्डाै

सरकारले इजरायलबाट २५४ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्रमन्त्री एनपी साउद आफैं चार्टर विमान लिएर राजधानी तेल अबिब पुगेका थिए ।

बिहीबार बिहानपख काठमाडौं आइपुग्दा उद्धार गरिएका सबै निकै खुसी थिए । धेरैले आफ्नो खुसीको आँसु लुकाउन सकेनन् । उनीहरुमध्ये एक थिइन् रेश्मा श्रेष्ठ । ‘लर्न याण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेकी उनी आफू भाग्यवस बाँच्न सफल भएको सुनाउँछिन् ।

उनले भनिन्, ‘धेरै जना अझै पनि ट्रमाबाट बाहिर निस्कन सक्नु भएको छ । धेरै आमा बाबाको आँखामा आलै छ । अहिले त्यहाँबाट यहा आउँदा सपनामा छु जस्तै लाग्दैछ ।’

उनका अनुसार उनी दुई महिना अगाडिसम्म जहाँ थिइन्, त्यहाँ ठुलो क्षति भएको छ । ‘भगवानको मलाई बचाउने इच्छा रहेछ,’ उनले अघि भनिन्, ‘नत्र जुन घरमा म बस्दै थिएँ ११ महिनासम्म टेलिफार्ममा काम गरेर, त्यो घरको पछाडि जीउँदै जलाइदिनुभयो । अगाडि पूरै ध्वस्त भयो । मेरो फिलिपिनो साथीले भन्दै थियो, यदि तिमी यहाँ भएको भए मारिन सक्थ्यौं ।’

१० जना नेपालीको मारिनुका साथै एक नेपाली अझै सम्पर्कबिहीन रहेको भन्दै उनले आफूहरुका बारेमा चासो चिन्ता राख्ने सबैप्रति आभार व्यक्त गरिन् । ‘जति जनाले हाम्रा लागि चिन्ता चासो राख्नुभयो, यहाँसम्म ल्याउन मद्दत गर्नुभयो । यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं,’ उनी निकै भावुक भइन् ।

उनले यसो भनिरहँदा स्वागत गर्न पुगेकी दिदीले बरर आँसु झारिन् । ‘यो खुसीको आँसु हो’ उनले भनिन्, मेरो बहिनीलाई सकुशल पाएको छु । अरुको परिवारमा कस्लो होला भन्ने अनुभूति गर्न सक्छु । उहाँहरुलाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको