Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

एउटा हुलाक टिकट करिब २६ करोड रुपैयाँमा बिक्री भएको छ

समाचार शेयर गर्नुहोस्

कहिलेकाहीँ कतिपय सामान्य चिजहरु पनि एउटा गल्तीका कारण यति विशेष बन्दछन् कि कसैले सोचेको पनि हुँदैन ।

एउटा कुनै हुलाक टिकटको मूल्य कति पर्ला ? सामान्यतया सय रुपैयाँ मुनिका हुलाक टिकट सर्वाधिक पाइन्छन् । तर हालै एउटा हुलाक टिकट करिब २६ करोड रुपैयाँमा बिक्री भएको छ ।

यसरी करोडौंमा एउटा हुलाक टिकट बिक्री हुनुको मुख्य कारणचाहिं त्यो टिकटको छपाइमै गडबडी भएका कारणले हो भन्दा पत्यार नलाग्न सक्दछ ।

यो सन् १९१८ मा प्रकाशित अमेरिकी हुलाक टिकट हो । यसको प्रयोग विश्वकै पहिलो नियमित रुपमा निर्धारित सरकारी एयरमेल सेवाका टिकटहरुमा गरिएको थियो ।

यो हुलाक टिकटमा माथिल्लो दिशामा जेनी कर्टिस बाइप्लेनको चित्र बनाइएको थियो । तर अनौठो के भयो भने यो हुलाक टिकट छाप्ने बेलामा कर्मचारीहरुको गल्तीका कारण टिकटमा जेनिज जहाज उल्टो छापियो ।

त्यस्ता उल्टो जहाजका चित्र भएका २४ सेन्ट मूल्यका १०० वटा हुलाक टिकटको एउटा पाना यसअघि नै बेचिएको थियो । तर केही समयपछि एकजना ग्राहकले त्यो टिकटमा रहेको जहाजको चित्र उल्टो भएको पत्ता लगाएपछि ती टिकटको बिक्री रोकिएन मात्र त्यो विशेष नै बन्यो ।

न्युयोर्कस्थित सिगल लिलाम ग्यालरीका अध्यक्ष तथा हुलाक टिकट विज्ञ स्कट ट्रेपेलका अनुसार यो हुलाक टिकट यतिधेरै महंगो र विशेष यसकारण छ कि यो हुलाक टिकट संग्रहको प्रतिक बनेको छ ।

उनका अनुसार सन् १९१८ मा विमानहरु आमरुपमा उपलब्ध थिएनन् र अधिकांश मानिसहरुले त जहाजहरुको तस्वीर कस्तो हुन्छ ? भन्नेसम्म देखेका थिएनन् । त्यसैले टिकटमा जहाजको चित्र उल्टो हुँदा हुँदैपनि धेरै मानिसले सुरुमा त्यसको भेउ पाउन सकेनन्।

पछि त्यो कुरा पत्ता लागेसँगै हुलाक घरका टिकट बेच्ने कर्मचारीलाई किन उल्टो टिकट बेचेको ? भनेर सोधियो । त्यसको जवाफमा ती कर्मचारीले भनेका थिए, ‘हेर्नुस् मलाई दोष नदिनुस् । विमान कस्तो हुन्छ भन्ने मलाई थाहा नै छैन । त्यसैले टिकट बेच्ने बेलामा मैले यसलाई पहिचान नै गर्न सकिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको