Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

१३ जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न

समाचार शेयर गर्नुहोस्

धनुषाको मिथिला नगरपालिका-२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह सम्पन्न भएको छ ।

शन्त रामपाल महराजले स्थापना गरेको आश्रममा ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह गराइएको हो ।

असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ ।

यो विवाह पूर्णतः आदर्श एवं दाइजोमुक्त हुन्छन् । जातीय वा अन्तरजातीय विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने भट्ट बताउँछन् ।

आइतबारदेखि चलिरहेको तीन दिवसीय दिव्य धर्म यज्ञमा शन्त गरीब दासज महाराजको अमरवाणी अखण्ड पाठ, रक्तदान शिविर, विशाल भण्डारा तथा दाइजोमुक्त विवाह कार्यक्रम भइरहेको आश्रमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको