Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

बम्जनबारे अनुसन्धान गर्न सीआईबीको टोली फेरि सिन्धुपाल्चोक र बारा जाँदै

समाचार शेयर गर्नुहोस्

काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली उनको आश्रममा जाने भएका छन् । बम्जनले सञ्चालन गरेको आश्रमको थप अनुसन्धान गर्न जान लागेका हुन् ।

हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा सीआईबीको टोली पुनः बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जान लागेका हुन् ।

बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाँडेगाँउको आश्रमबाट २०६९ मा हेटौँडाका ५१ वर्षीय सञ्चलाल बाइबा, २०७१ मा नुवाकोटका २९ वर्षीया चिनिमाया तामाङ, मकवानपुरकी फूलमाया रुम्बा र बाराको खुमजोर आश्रमबाट सुरेशकुमार आलेलाई बेपत्ता पारेको आरोप बम्जनमाथि छ ।

यसअघि समेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद बस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतले बाह्रखरीलाई बताए ।

त्योबाहेक सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमको स्रोतबारे समेत अनुसन्धान गर्ने भएको हो ।

सीआईबीका एसएसपी दिनेश आचार्यले उनको घरबाट बरामद भएको रकमको स्रोतबारे अनुसन्धान हुने बताए । सीआईबीले बम्जन बस्दै आएको काठमाडौंको बूढानीलकण्ठस्थित घरबाट तीन करोड ३० लाख नगद रुपैयाँ बरामद गरेको थियो । त्यस्तै, करोडौँ पर्ने टोयोटाको हाइलक्स वाग्मती प्रदेश–०१०२५ च ३६४० नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ ।

अर्को गाडी खरिदको लागि थप साढे चार करोड रुपैयाँ नगद बुझाएको खुलेको छ । मंगलबार साँझ पक्राउ परेका बम्जनलाई सीआईबीले बुधबार नै सर्लाही पठाएको थियो ।

उनलाई जिल्ला अदालत सर्लाहीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ । सर्लाही नै गएर थप अनुसन्धान गर्ने सीआईबीको तयारी छ । बम्जन बस्दै आएको घरबाट सीआईबीको टोलीले बिहीबार समेत केही शंकास्पद बस्तु नियन्त्रणमा लिएको छ ।

मंगलबार १५ थान मोबाइल फोन बरामद गरेको सीआईबीले बिहीबार थप केही थान पेनड्राइभ, सीसीटीभी स्टोरेज र तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो ।

सोही उजुरीको आधारमा बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो ।  त्यसयता उनी प्रहरीको फरार सूचीमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको