Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नेपालबारे लेखिएका किताब अनलाइनमा पढ्न पाइने

समाचार शेयर गर्नुहोस्

नेपालबारे लेखिएका विभिन्न किताब अब अनलाइनमा पढ्न पाइने भएको छ।

त्रिभुवन विश्वविद्यालयको नेपालभाषा केन्द्रीय विभागले नेपालबारे लेखिएका पुस्तक अनलाइनमा पढ्न सकिने व्यवस्था गरेको हो। विभागको पुस्तकालयमा रहेका नेपाल अध्ययनसँग सम्बिन्धत सामग्रीलाई ‘डिजिटाइज’ गर्दै छ। त्यही अन्तर्गत झन्डै ६ हजार किताबलाई डिजिटाइज गरिएको हो।

संसारभरका पाठकले पढ्न सक्ने गरी ई-लाइब्रेरी सञ्चालन गरिएको विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले बताए। “अब यी सबै पुस्तक विश्वको कुनै पनि कुनाबाट पढ्न सकिनेछ,” जोशीले हिमालखबरसँग भने।

विभागसँग ६० हजार सामग्री रहेको उनले बताए। सबै सामग्री अपलोड गर्दै जाने उनको भनाइ छ। ई-लाइब्रेरीमा एक लाख सामग्री अपलोड गर्ने लक्ष्य रहेको उनले बताए। नेपालभाषा क्षेत्र र नेवार समुदाय तथा यसमाथि अध्ययन गर्न चाहने सबैले विभागलाई प्राज्ञिक मञ्चका रूपमा सदुपयोग गर्न उनले अपील पनि गरेका छन्।

विभागले आफूसँग भएको नेपालभाषा, नेपाली भाषा, कला, साहित्य, संस्कृति, इतिहासका पुस्तक बाहेक पुराना ठ्यासफू, पाण्डुलिपि, लिखत लगायत सामग्री ई-लाइब्रेरीमा राख्ने भएको छ।

पुस्तकलाई डिजिटाइज गर्ने काममा विभागका जनशक्तिले महीनौं निःशुल्क सेवा गरेको र सो काम अहिले पनि जारी रहेको उनको भनाइ छ। “हामीले नेपाल अध्ययनलाई व्यापक बनाउन ई-लाइब्रेरी शुरू गरेका हौं। नेपालभाषा तथा नेपाल अध्ययनलाई व्यापक बनाउन विभागलाई प्राज्ञिक थलोका रूपमा सदुपयोग गर्न हाम्रो आग्रह छ,” जोशीले भने।

विभिन्न संस्था र व्यक्तिसँग सहयोग जुटाउँदै पुस्तकालय सञ्चालन गरिएको उनले बताए। यसका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ र बागमती प्रदेश सरकारले कम्प्युटर, स्क्यानर लगायत सामग्री सहयोग गरेको जोशीले बताए।

यस अतिरिक्त पुस्तकालयमै गएर पनि अध्ययन गर्न सकिनेछ। साताको ६ दिन खुल्ने पुस्तकालयमा अनुसन्धाताले सदस्यता लिएर निःशुल्क पढ्न पाउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको