Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

यमनका हूथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतद्धारा फेरि हवाई आक्रमण

समाचार शेयर गर्नुहोस्

काठमाडौं । यमनका हुथी विद्रोहीलाई लक्षित गर्दै अमेरिका र बेलायतले फेरि हवाई हमला गरेका छन् ।

लाल सागरमा हुथीहरूको बढ्दो आक्रमणको जवाफमा, ब्रिटिश र अमेरिकी सेनाले बिहीबारबाट आक्रमण सुरु गरेका हुन् ।

शुक्रबार राति फेरि दुवै देशका सेनाले यमनमा बमबारी गरेका छन् । अमेरिकी सेनाले यमनमा हुथीहरूलाई लक्षित गर्न धेरै खतरनाक हतियारहरू प्रयोग गरेको बताइएको छ । यसमा टमाहक मिसाइल, जेट र रिपर ड्रोन पनि समावेश गरिएका छन् ।

अमेरिकी अधिकारीहरूले शुक्रबार यमनका विभिन्न स्थानहरूमा हुथीहरूको रेड सी जहाजमा आक्रमण गर्ने क्षमतालाई कम गर्नका लागि आक्रमण सुरु गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यी आक्रमणहरू लडाकू विमान र टोमाहक मिसाइलहरूद्वारा गरिएका थिए। जसमा हुथी पोष्टलाई निशाना बनाइएको थियो ।

मध्यरातको अँध्यारोमा, अमेरिकी सेनाले आरएएफ टाइफुन्स र यूएस एफ (३५ लाइटनिङ स्टेल्थ जेटहरूसँग मिलेर हुथी स्थानहरूमा आक्रमण गरेका हुन् ।

अमेरिकी युद्धपोतले घातक १ हजार पाउण्ड मिसाइल प्रहार गरेको जनाइएको छ ।  टोमाहक मिसाइलहरू यमनको राजधानी साना र हुथीको रेड सी बन्दरगाह धमार र सादाको गढ रहेको होडेडाहमा आक्रमण गर्न प्रयोग गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको