काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई तत्काल ७० करोड डलर सहयोग गर्ने भएको छ ।
आईएमएफको कार्यकारी बोर्डले विश्व ऋणदाताको स्ट्यान्ड-बाइ एरेन्जमेन्ट (एसबीए)द्वारा समर्थित पाकिस्तानको आर्थिक सुधार कार्यक्रम एसबीएको पहिलो समीक्षा पूरा गरेकाले ७० करोड तत्काल वितरण गर्न अनुमति दिइएको छ ।
पाकिस्तानको नौ महिना लामो एसबीएलाई गत वर्ष जुलाईमा कार्यकारी बोर्डले अनुमोदन गर्दा झण्डै तीन अर्ब डलरको स्वीकृत गरेको थियो ।
यसले पाकिस्तानमा आर्थिक गतिविधि स्थिर भएको बताएको छ । यद्यपि दृष्टिकोण चुनौतीपूर्ण र ठोस नीतिहरूको कार्यान्वयनमा निर्भर रहेको छ । हालको आईएमएफ कार्यक्रम अप्रिलको दोस्रो हप्तामा सकिने अपेक्षा गरिएको छ ।