मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ प्रधानमन्त्रीले गर्ने भन्दै खानेपानी मन्त्रालयको निम्ता कार्ड

समाचार शेयर गर्नुहोस्

काठमाडाैँ – २०७७ सालको चैतमै काठमाडौंमा आइपुगेको मेलम्चीको खानेपानी पुनः स्थान्तरण तथा वितरण गर्ने भन्दै खानेपानी मन्त्रालयले सयौं निमन्त्रणा कार्ड छपाएको छ। मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः वितरण शुभारम्भ गर्ने भन्दै सबै मन्त्रालय तथा विभागीय प्रमुखहरुलाई निमन्त्रणा पत्र पठाएको हो।

यसअघि २०७७ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर मेलम्चीको पानीको काठमाडौंमा उद्घाटन गरेकी थिइन। त्यस क्रममा राष्ट्रपति भण्डारीले पानीको फोहोराको पनि उद्घाटन गरेकी थिइन्।

तर २०७८ मा असारमा मेलम्चीमा आएको बाढीका कारण ठूलो क्षति हुँदा मेलम्चीको पानीसमेत अवरुद्ध भएको थियो। त्यसको साढे दुई वर्षपछि काठमाडौंमा पुनः पानी ल्याउन लाग्दा खानेपानी मन्त्रालयले निम्ता कार्ड नै तयार गरेको हो।

अझै पनि मेलम्चीको पानी दिगोरुपमा आउने कुरामा यकिन भएको छैन। तर पटक–पटक मेलम्चीको पानीमा हुने राजनीतिको यो अर्को नमुनाका रुपमा लिएको छ। खानेपानी मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘निम्ताकार्ड नै छापेर सबैलाई उपस्थित हुन उर्दी जारी गर्नुपर्ने जरुरी थिएन। मेलम्चीको पानीको अझै पनि के हुने भविष्य अन्योल रहँदा यो स्तरको कार्यले लज्जाबोध भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको