जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २० जना पुग्यो

समाचार शेयर गर्नुहोस्

जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० पुगेको छ ।

इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म दुई सय २० जनाको शव भेटिएको हो । अझै २० जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा  हिजोदेखि तीव्र हावाहुरी चल्न थालेको छ । भोलिसम्म हिमपात र उच्च छाल आउने सम्भावना रहेको खबरमा उल्लेख छ । यसका कारण भूकम्प प्रभावितलाई समस्या हुनसक्ने भन्दै मौसम सम्बन्धी कार्यालयले सचेत रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको