मेलम्चीको पानी काठमाडौंवासीलाई पुनर्वितरण, प्रधानमन्त्रीले गरे उद्घाटन

समाचार शेयर गर्नुहोस्

सरकारले मेलम्चीको खानेपानी काठमाडौंवासीलाई पुनः उपलब्ध गराउन सुरु गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा खानेपानीको धारा खोलेर उद्‍घाटन गरे ।

उपभोक्ताको घरमा पानी पहिला नै पथान्तरण गरिसकिएको छ । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मेलम्चीको पानीको दिगोपनाका लागि काम गर्न आग्रह गरे । उनले आयोजना बनाउने, उद्‍घाटन गर्ने र केही समयपछि बन्द गर्नुभन्दा दिगोपनामा जोड दिए ।

‘यो पानी सधैं आओस् । दिगोपनाका लागि हार्दिक शुभकामना दिन्छु । हामीले जहिले पनि आयोजना बनाउँछौँ, उद्‍घाटन गर्छौँ, पानी आउँछ, केही समयपछि दिगोपनामा फेरि शंका उत्पन्न हुन्छ, यसलाई शिक्षाको रूपमा लिई विगत दुई वर्षदेखिको कुरालाई शिक्षाको रूपमा लिई तत्काल मर्मतसम्भार गर्न एउटा कार्ययोजना नै बनाएर जानसके कुनै पनि आयोजनाको उपलब्धि र प्रभाव दिगो हुन्छ,’ मुख्यसचिव अर्यालले भने ।

उनले विगतका कमजोरीलाई शिक्षाको रूपमा लिई तत्काल मर्मतसम्भार गर्न एउटा कार्ययोजना नै जानसके कुनै पनि आयोजनाको उपलब्धि र प्रभाव दिगो हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको