Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

वन्यजुन्तबाट हुने आक्रमण न्यूनीकरण र समाधानको दीर्घकालीन योजना बनाउन सांसद मैनालीको आग्रह

समाचार शेयर गर्नुहोस्

पर्सा राष्ट्रिय निकुञ्ज र यसको आसपासका वन क्षेत्रहरूमा वन्यजन्तुको संख्या बढेसँगै वन्यजन्तुबाट बस्तीमा पशुचौपायामाथि भइरहेको आक्रमण नियन्त्रणका लागि उचित कदम चाल्न बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युत प्रसाद मैनालीले आग्रह गरेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.सिन्धु प्रसाद ढुंगानालाई बिहीबार कार्यलयमा सांसद मैनालीले उनका स्वकीय सचिव दामोदर मैनाली मार्फत पत्र बुझाउदै आग्रह गरेका हुन्।

बाराको निजगढ नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ मा पाटे बाघको आक्रमणबाट दिनदिनै किसानले पालेको चौपाया मारेर खान थालेपछि सर्वसाधारणले समेत असुरक्षित महशुस गरिरहेको बेलामा सांसद मैनालीले वन्यजन्तु आक्रमण नियन्त्रण तथा यथाशीघ्र उचित क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरेका हुन्।

उनले हाल चौपाया मार्ने बाघले पछि मान्छेलाई समेत आक्रमण गर्ने सम्भावना रहेको हुँदा तत्काल नियन्त्रणमा लिई आक्रमणका घटनालाई रोक्न विशेष अभियान चलाउन आग्रह गरेको सांसद मैनालीका स्वकीय सचिव दामोदर मैनालीले जानकारी दिए।

यस क्षेत्रमा मुख्य समस्या रहेको मानव र वन्यजन्तुबीचको द्वन्द न्यूनीकरण तथा यसको दीर्घकालीन समाधानको उपाय अपनाउन ध्यानाकर्षण गरिएको उनको सचिवालयले जनाएको छ।

यसको हल गर्ने प्रमुख जिम्मेवारी निकुञ्ज, आरक्ष र वन कार्यालयको भए तापनि उनीहरूसँग उपलब्ध पर्याप्त स्रोतसाधनको अभावले प्रभावकारीरूपमा यसको निदान गर्न सकिरहेका छैनन्।

परिणामतः स्थानीय समुदाय हालसम्म पनि वन्यजन्तुबाट हुने पीडा र समस्याबाट मुक्त हुन सकेका छैनन् सांसद मैनालीले भने,‘निकुञ्जमा पाटेबाघ लगायत अन्य बाघ संख्या बढनु राम्रो हो तर बस्तीमा हुने जोखिमबाट बस्ती जोगाउन दीर्घकालीन योजना तयार गर्न र हाल भएको क्षतीको क्षतिपुर्ति दिन समेत उनले आग्रह गरे।’ संघीय सांसद मैनालीले भविष्यमा मानवीय क्षती लगायत अन्य क्षति हुन नदिन विभागले कार्ययोजना तयार गरि अगाडि बढन समेत मैनालीले अनुरोध गरेका छन्।

पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिँड्डुल गर्न पाएका छैनन्। साँझ ढुक्कका साथ सुत्न समेत सकेका छैनन्। यो घटना निकुञ्ज आसपास भएको पहिलो भने होइन, यसभन्दा पहिला पनि यस्ता घटना घटेका छन्।

तर पटकपटक बाघ बस्ती वरिपरि घुम्दा पनि निकुञ्जले समाधानको उपाय अपनाउने प्रयास समेत गरेको पाईएको छैन। वन्यजन्तुको वृद्धिसँगै मानव र वन्यजन्तुबीच द्वन्दका घटनाहरू पछिल्लो समय दिनदिनै बढिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको