सातै प्रदेशका यातायात मन्त्री काठमाडौंमा, सडक सुरक्षाबारे छलफल हुने

समाचार शेयर गर्नुहोस्

काठमाडौं, ७ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्रीहरुलाई काठमाडौं बोलाएका छन् । प्रदेशका यातायात मन्त्रीहरुलाई काठमाडौं बोलाएर सडक सुरक्षाबारे छलफल हुन लागेको मन्त्री ज्वालाको सचिवालले जनाएको छ ।

मन्त्री ज्वालाले सातै प्रदेशका सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सरोकारवाला निकायसँग छलफल गर्न लागेका हुन् । आज (आईतबार) दिउँसो १ बजेदेखि सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छलफलको तयारी रहेको बताइएको छ । पछिल्लो समय दैनिकजसो सडक दुर्घटना भइरहेको छ । सडक दुर्घटना बढिरहँदा पनि यसको न्यूनीकरणका लागि सरकारले पहल कदमी नलिएको भन्दै आलोचना हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको