Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

विद्युतीय हस्ताक्षर र कार्यालयमा उपयोग

समाचार शेयर गर्नुहोस्

काठमाडौं ।

विद्युतीय हस्ताक्षर वरदान हुँदाहुँदै पनि यसका बारेमा नबुझ्दा सानासाना काममा पनि व्यक्ति स्वयं कार्यालयमा उपस्थित भई समय र पैसा खर्च भइरहेको छ।

विद्युतीय हस्ताक्षर सूचना प्रविधि क्षेत्रमा स्थापित छ। विद्युतीय हस्ताक्षर विश्वमा नै प्रचलित प्रक्रिया हो। नेपालमा पनि यसलाई स्थापित गराई व्यापार, उद्योग, पुँजी बजार वित्तीय, बैकिङ क्षेत्रको कामलाई सुरक्षित तरिकाले प्रयोग गर्न सकिन्छ। विद्युतीय हस्ताक्षर प्रयोगबाट कुनै पनि कागजात प्रमाणीकरण गर्न घर वा कार्यालयमा बसेरै गर्न सकिन्छ। नेपालमा हाल रहेको विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को प्रावधानअनुसार यो हस्ताक्षर प्रयोगमा आएको हो। नेपालमा यस हस्ताक्षरको शुरूवात धेरै पहिलेदेखि भए पनि प्रयोग गर्नका लागि बाध्यकारी नभएका कारण ओझेलमा परेको छ। ऐनमा विद्युतीय तथ्यांक आदानप्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सिर्जना, उत्पादन प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैर कानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि यसको प्रयोग रहेको उल्लेख छ। विद्युतीय हस्ताक्षर सूचना प्रविधि क्षेत्रको एक आधुनिक प्रविधि हो। जसले सफ्टवेर, विद्युतीय अभिलेख, सन्देश वा ईमेल वा जस्ता विद्युतीय कारोबारलाई विद्युतीय हस्ताक्षरको प्रयोगद्वारा कानुनी मान्यता प्रदान गर्दछ। नेपालको परिपे्रक्ष्यमा सूचना प्रविधि, विद्युतीय अथवा अनलाइनबाट गरिने कारोबारलाई कानुनी मान्यता दिनको लागि विद्युतीय हस्ताक्षरको प्रयोग गरिन्छ। अन्तर्राष्ट्रिय जगतमा भने यसको प्रयोग अन्य प्रायः सबै सरकारी, साझेदारी र निजी कार्यालयमा प्रयोग गरिन्छ। विद्युतीय कारोबार र अभिलेख सिर्जना हुने ई–गभरमेन्ट, ई–बैंकिङ साथै विभिन्न अफिस एप्लिकेसनहरू (माइक्रोसफ्ट वर्ड एक्सल, पावरप्वाइन्ट, पीडीएफ र डकुमेन्ट म्यानेजमेन्ट सिस्टम) मा प्रयोग गर्न सकिन्छ र कुनै पनि एप्लिकेसनहरूमा इन्टिग्रेसन गरेर प्रयोग गर्न पनि सकिन्छ। यसको प्रयोग मुख्यतया विद्युतीय माध्यमबाट हुने क्रियाकलाप र कारोबारलाई सुरक्षित, भरपर्दो, विश्वसनीय र कानुनसम्मत बनाउन विद्युतीय हस्ताक्षरको प्रयोग गरिन्छ। यसको माध्यमबाट प्रयोग गरिएको कारोबार सुरक्षित हुने मान्यता रहेको छ। विद्युतीय हस्ताक्षर लिन चहने व्यक्ति वा संस्थाले आफ्नो कानुनी पहिचान खुल्ने कागजातसहित नेपाल सर्टिफाइटिङ कम्पनीद्वारा उपलब्ध गराइएको फारम भरी आफ्नो आवश्यकताअनुसारको नेपाल सर्टिफाइटिङ् कम्पनी (एन सी सी) बाट प्राप्त गर्न सक्नेछ। अहिले नेपालमा सरकारले एक मात्र नेपाल सर्टिफाइटिङ कम्पनी प्रा.लि. लाई विद्युतीय हस्ताक्षर दिने अनुमति दिएको छ। यसको प्रयोग बन्दाबन्दीमा गर्दा समय, पैसा र माहामारीबाट बच्न सकिन्छ। यसको लागत धेरै छैन। जुन हाम्रो प्रिन्टमा खर्च हुने पैसाबाटै पुग्नेछ। समय परिवर्तनसँगै हामीले पनि प्रविधिको प्रयोग गरेर यसको उपभोग लिन सक्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको