Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

२३औँ आहा रारा पोखरा गोल्डकप आजदेखि 

समाचार शेयर गर्नुहोस्

२३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुँदै छ । २० माघसम्म चल्ने गोल्डकपको उद्घाटन खेलमा थ्री स्टार क्लबले आयोजक सहारा क्लबको सामना गर्नेछ । गोल्डकपमा थ्री स्टार र सहाराबीचको यो तेस्रो भेट हो । ०६३ को संस्करणअन्तर्गत सेमिफाइनलमा थ्री स्टारले सहारालाई ३–० ले हराएको थियो । ०६९ को फाइनलमा थ्री स्टार १–० ले विजयी भएको थियो । अहिलेसम्म थ्री स्टारले पाँचपटक र सहाराले एकपटक गोल्डकप प्रतियोगिताको उपाधि उचालेका छन् ।

दुवै टोलीका कप्तान र प्रशिक्षक जितसहित अघिल्लो चरणमा पुग्ने दाबी गरेका छन् । थ्री स्टार यसअघिका दुई खेलको जितलाई निरन्तरता दिन मैदान उत्रँदै छ । सहारा यसअघिका दुई खेलमा व्यहोरेको हारको बदला लिने मनसायका साथ मैदान प्रवेश गर्नेछ । दुवै टोली आक्रामक रूपमा प्रस्तुत हुने र विपक्षीको खेलअनुसार आवश्यक रणनीति बनाउने योजनामा छन् । थ्री स्टारका प्रशिक्षक विक्रम लामाले प्रतियोगिताको तयारी राम्रोसँग गर्न नपाए पनि जितका लागि खेल्ने बताए । ‘फुटबलको सिजन सुरु नभएकाले प्रतियोगिताको तयारीका लागि धेरै प्रशिक्षण गर्न पाएनौँ, यसबीचमा खेलाडी छरिएर बसेका कारण सबैजना जम्मा हुन नसकेकाले पनि तयारी सोचेजस्तो भएन,’ प्रशिक्षक लामाले भने, ‘तर पनि पूर्ण तयारीका साथ आएका छौँ, उच्च मनोबलका साथ मैदानमा प्रस्तुत हुनेछौँ ।’ उनले नकआउट खेल भएकाले आक्रामक रूपमा प्रस्तुत हुने बताए । सहाराका प्रशिक्षक सुनिल रानाले टोलीले राम्रो तयारी गरेको बताए । टोलीमा धेरै क्षेत्रका खेलाडी रहेको बताउँदै उनले खेलको तयारीका लागि आफूहरूले धेरै मिहिनेत गरेको जनाए । ‘प्रतियोगिताका लागि हाम्रो तयारी राम्रो छ, सबै खेलाडीको मनोबल उच्च छ,’ रानाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको