इजरायली सेनाले भन्यो– गाजामा २१ सैनिकको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडौं । इजरायलको सेनाले गाजामा आफ्ना २१ सैनिकको मृत्यु भएको जनाएको छ । हमास विरुद्ध अभियान सुरु गर्ने इजरायली सेनाका लागि यो सबैभन्दा डरलाग्दो दिन साबित भयो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हजारीले रकेट आक्रमण सैनिकहरू बस्ने दुईवटा भवन नजिक भएको अनुमान गरिएको बताए।

इजरायली सुरक्षा बलले भवन भत्काउने उद्देश्यले राखेको डाइनामाइटका कारण भवनमा विष्फोट भएको उनले बताए । आइडीएफले घटनाको बारेमा थप जानकारी सङ्कलन गरिरहेको बताएको छ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा सैन्य कारबाही गरिरहेको छ । इजरायलले हमासको अन्त्य नभएसम्म आफ्नो अभियान जारी रहने जनाएको छ। अक्टोबर ७ मा हमासको आक्रमणमा करिब १३०० जनाको ज्यान गएको थियो ।

त्यसयता इजरायली आक्रमणमा २५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको