Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक सहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा

समाचार शेयर गर्नुहोस्

उदयपुर सिमेन्ट उद्योगका पूर्व महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल सहित आठ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। महाप्रबन्धक हुँदा पौडेल सहित आठ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरीद गर्दा भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।

विना अध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत एकीन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरीद गरेको पाइएको अख्तियारले जनाएको छ। सामान खरीद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरीद गरिएको सामग्रीमध्ये १६० किलावाटको भीएफडी प्यानले पाँच वर्षसम्म पनि परीक्षण नगराएको अस्वाभाविक रुपमा बढी सामान खरीद गरेको पाइएको अख्यितारले जनाएको छ।

अख्यितारले तत्कालीन महाप्रबन्धक पौडेल सहित त्यतिवेलाका नायब महाप्रबन्धक नवल किशोर साहा, कायममुकायम उपनिर्देशक पवनकुमार लाल कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल, निर्देशकद्वय ध्रुबबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई विपक्षी बनाइएको छ।

उनीहरूले २२ लाख ७८ हजार ३०५ रुपैयाँ उद्योगलाई क्षति गराएको जनाउँदै त्यही बराबरको बिगो दाबी गरी मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको