जनकपुरधाम- मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यको दुई पदका लागि मतदान सुरु भएको छ। महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान सुरु भएको हो।
मधेसमा सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना अन्य र जनता समाजवादी पार्टीकी पूजा चौधरी उम्मेदवार छन्।
नेकपा एमालेबाट अन्यमा कुमारी बिजेता झा र महिला पदमा उषादेवी थारु
यस्तै जनमत पार्टीबाट राम शंकर महासेठ अन्य पदका उम्मेदवार हुन्।
मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भैरहँदा विभिन्न चौकमा आन्दोलनसमेत भैरहेको छ।
रामानन्द चौकमा गाडीमा तोडफोड गरिएको छ भने भने ३० जना आन्दोलनकारी पक्राउ परेको आम जनता पार्टीले जनाएको छ।