लागुऔषध सेवन गरेपछि जिम्बाब्वेका दुई क्रिकेटरलाई चार महिनाको प्रतिबन्ध

समाचार शेयर गर्नुहोस्

काठमाडौं : प्रतिबन्धित लागुऔषध सेवन गरेको पुष्टि भएसँगै जिम्बाब्वेका अलराउन्डर वेस्ली मधवीरे र ब्रान्डन माभुटालाई चार महिनाको प्रतिबन्ध लगाइएको छ।

उनको तीन महिनाको तलब पनि आधा कटौती गरिनेछ र यो सजाय जनवरी २०२४ देखि लागू हुनेछ।

सात टेष्ट खेलको अनुभव रहेका ब्याट्सम्यान केभिन कासुजालाई पनि सोही मुद्दामा प्रतिबन्ध लगाइएको छ।

कसुजाले गत साता घरमै डोप टेस्ट गराएका थिए भने मधवीरे र र मावुताको गत महिना डोप टेस्ट गरिएको थियो।

आरोप लागेपछि निलम्बन गरिएको मधवीरे र मावुतालाई प्रमाणित भएसँगै प्रतिबन्ध लगाइएको हो।

मधवीरे र मावुताले अन्तिम पटक डिसेम्बर २०२३ मा आयरल्यान्डविरुद्धको खेलमा जिम्बाब्वेको प्रतिनिधित्व गरेका थिए।

मधवीरेलेल तीनवटै टी–२० सिरिज खेलेका थिए भने मावुताले अन्तिम टी–२० खेलेका थिए। यसपछि माधवरेले लोगान कपको घरेलु खेल पनि खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको