माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रबर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ ।
उक्त साझेदारीअन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम ‘स्यान्डबक्स’लाई प्रायोजन गर्नेछ । ‘स्यान्डबक्स’ एक आईटीसम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना भएको थियो ।
जहाँ सहभागीहरूलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरिएको थियो ।
डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले उक्त कार्यक्रमलाई प्रयोजन गरी यसबाट विजेता टिमलाई ६ महिनाको लागि बैंकले आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी इन्नोभेसनसम्बन्धी काम गर्नको लागि अवसर प्रदान गर्ने छ ।
जसले गर्दा बैंकले आईटी विषय लिई अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत पुगेको विश्वास कलेजको छ ।
यस सम्झौताले माछापुच्छ्रे र सेन्ट जेभियर्सको सम्बन्धमा नयाँ आयाम थपेको बैंकले जनाएको छ ।