नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहीवारबाट भृकुटीमण्डपमा

समाचार शेयर गर्नुहोस्

​​नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको छ । यही माघ १८ गते बिहीबारदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीको नवौं संस्करणको प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा गर्न लागेको प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याति प्राप्त ब्राण्डहरूका १५० भन्दा बढी स्टल रहने छन् ।

आयोजकका अनुसार निर्माणसम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सवडिलरहरू र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने छन् ।

यस्तै यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी विगत ८ वर्षदेखि कोसेढुङ्गा सावित हुँदै आएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आम नागरिकको उल्लेखनीय सहभागिता रहने छ ।

साथै यस प्रदर्शनीको मुख्य प्रायोजकमा कजारिया टायल्स रहेको छ भने सह–प्रायोजकमा भोल्गा तथा जिन्दल स्टील रहेका छन् । ४ दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन, नवीनतम् प्रविधिको बारेमा जानकारी एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्‍याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *