बाँसबारी छाला जुत्ताका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ

समाचार शेयर गर्नुहोस्

१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *