Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

सरकारले प्रतिवद्धता पूरा नगरेपछि ग्रिकका किसानहरू आन्दोलित

समाचार शेयर गर्नुहोस्

एजेन्सी । ग्रिकका किसानहरुले सरकारले किसानहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै बिरोध प्रदर्शन शुरु गरेका छन् । किसानहरूले फेब्रुअरी १ मा देशभर बिरोध प्रदर्शन गर्ने योजना बनाइरहेका छन् । सरकारले कुनै ढिलाइ नगरी पर्याप्त आर्थिक सहायताको वाचा गरेको भएपनि पूरा नगरेको उनीहरुको आरोप छ ।

देशको मुख्य कृषि उत्पादन क्षेत्रहरूमध्ये एक मध्य ग्रिकको थेसाली क्षेत्रको पालामास नगरपालिकामा परिचालन योजनाहरू छलफल गर्न किसान संघका प्रतिनिधिहरू भेला भएका थिए । सेप्टेम्बरको बाढीबाट भएको विनाश र क्षतिको कारणले गर्दा आफूहरु बिरोधमा उत्रिनुपरकेको उनीहरुको भनाइ छ । आधिकारिक अनुमानका अनुसार यस क्षेत्रलाई सेप्टेम्बरमा आँधीले ठूलो असर गरेको थियो ।

जसकारण व्यापक बाढी आएको थियो परिणामस्वरूप १५ जनाको मृत्यु भएको र लगभग एक अर्ब यूरो (लगभग १.०८ बिलियन अमेरिकी डलर) बराबरको ठूलो भौतिक क्षति भएको थियो । ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मङ्गलवार गत वर्ष प्राकृतिक प्रकोपबाट भएको क्षतिका लागि सरकारले स्वीकृत गरेको प्रारम्भिक क्षतिपूर्तिमा १० हजार युरो सम्मको वृद्धि गर्ने घोषणा गरेका छन् ।

किसानले अहिलेसम्म २ हजार युरो मात्र पाएको स्वीकार गर्दै प्रधानमन्त्रीले बाली तथा उत्पादनमा भएको नोक्शानीको पूर्ण क्षतिपूर्ति दिने प्रतिवद्धता गरेको कुरा दोहो¥याएका छन् । पछिल्ला हप्ताहरूमा, किसानहरूले ट्रयाक्टरहरूसहित राजमार्गहरू अवरुद्ध गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको