गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडौं : भक्तपुरको गट्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भक्तपुरको सानोठिमीको अनुदान चोकमा बिजुलीको पोलमा प्रदेश ३–०२–००७ प १६६६ नम्बरको को मोटरसाइकल ठोकिँदा चालक चालक दोलखा शैलुङ गाँउपालिका–७ घर भई बोडे बस्ने ३३ वर्षीय गणेश गिरीको मृत्यु भएको हो। ​

गम्भीर घाइते  भएका उनको नागरिक अस्पताल गठ्ठाघर भक्तपुरमा उपचारको क्रममा गएराति पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *