चितवन सहित २१ योजनामा रास्वपाले भोलिबाट झन्डा प्रयोग नगरी दबाब यात्रा गर्ने

समाचार शेयर गर्नुहोस्

चितवन, माघ २०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘राष्ट्रव्यापी दबाब अभियान’ भोलि (आइतबार) देखि सुरु हने भएको छ । सरकारको ध्यानाकर्षण गराउन रास्वपाले भोलिदेखि चैत २१ गतेसम्मा ‘राष्ट्रव्यापी दबाब अभियान’ गर्ने भएको हो । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।

रुग्न र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको भोलि सिन्धुपाल्चोकको मेलम्चीबाट रास्वपाका सभापति रवि लामिछानेले सुरु गर्दैछन् । सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *