काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।
व्यक्तिगत कारण देखाउँदै चन्दले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका हुन् ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।