Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

दाङमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण

समाचार शेयर गर्नुहोस्

काठमाडौं । एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरी प्रहरी कार्यालयमा पुगेर आत्मसर्मपण गरेका छन् ।

दाङमा एक प्रहरी जवानले श्रीमती र साढे २ बर्षीय छोराको हत्या गरेपछि जिल्ला प्रहरी कार्यालयमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई बर्षिय छोरा शुशान्तको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन् ।

रोल्पा रुण्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसंग गएराती घोराही स्थित एक होटेलमा बास बसेका थिए । श्रीमती र छोरा शनिवार रोल्पाबाट घोराही आएका थिए ।

आइतबार बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको डिएसपी मल्लले जानकारी दिए । श्रीमती सहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको