Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप

समाचार शेयर गर्नुहोस्

काठमाडौँ । गायिका एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् ।

आफूले धेरै पहिले अडियोमा मात्र सार्वजनिक गरेको गीत कपी गरेर एलिनाको आवाजमा ल्याइएको कार्कीको भनाई छ । ‘मेरो गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने छ,’ गायक कार्कीले भने ‘एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने छ ।’ कार्कीले गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको बताए ।

एलिनाको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ ओबी रायमाझी युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जसलाई ओबी रायमाझीले बाहिर ल्याएका हुन् । गीतको भिडियोमा रायमाझीको अभिनय समेत छ ।

आफूले गायिका एलिनाको स्वरमा सार्वजनिक गरेको गीत विश्वराम कार्कीको गीतसँग संयोगले थोरै मात्र मिलेको ओबी रायमाझीले बताए । ‘गीतको केही शब्द मिलेको हो । शब्द कसैको पनि व्यक्तिगत पेवा हुँदैन’, रायमाझीले भने ‘मेलोडी, भाका मिल्यो भने मात्र कपी भन्न मिल्छ ।’ आफ्नो गीतको मेलोडी भाका सबै कार्कीको गीतभन्दा फरक रहेको  रायमाझी सुनाउँछन् ।

तर रायमाझीको कुरासँग गायक कार्की भने असहमति जनाउँछन् । रायमाझीको गीतसँग केही शब्द मात्र नभएर बिटसमेत मिलेको दाबी गर्छन् । भन्छन्, ‘मेरो गीत २ बाई ४ को बिटमा छ । उहाँहरूको गीतको बिट पनि उही हो । के यो संयोग हुनसक्छ र ?’

हुन त यो गीतको भिडियो कार्कीले भन्दा रायमाझीले केही दिन अगाडि सार्वजनिक गरेका हुन् । त्यो हिसाबले पनि दर्शकलाई  एलिनाको गीत पहिले आएको जस्तो लाग्छ । भिडियो बनाउन ढिलो भए पनि गीत रेकर्ड एक वर्ष अगाडि भएको र अडियो मात्र डिजिटल प्लेटफर्ममा रायमाझीको भन्दा धेरै पहिले आफूले ल्याएको गायक कार्की सुनाउँछन् ।

‘६–८ महिना पहिले रेकर्ड भएको गीतको भिडियो किन पहिले आएन भनेर रायमाझीले भन्नु भएको छ । हो, मैले गीतको भिडियो बनाउन ढिलो गरे । त्यसमा मेरो विभिन्न कारण होला,’ कार्कीले थपे ‘भिडियो आएन भन्दैमा पहिले रेकर्ड भएर अडियो सार्वजनिक भैसकेको गीत मेरो हुँदैन र भन्न मिल्छ र ?’ आफ्नो गीतको अडियो करिब ८ महिना अगाडी सार्वजनिक भएको कार्कीले खुलाए ।

रायमाझीले सार्वजनिक गरेको गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् । यस विषयमा अर्यालसँग पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

तर रायमाझीले भने नेत्र अर्यालले यो गीत ४ वर्ष पहिले नै लेखेको दाबी गर्छन् । ‘पहिले गीतमा ढुङ्गा हान्दिन्छु थियो । अहिले कट्टा हानिदिन्छु बनाएको हो’, रायमाझीले थपे ‘गीत कपिराइटमा पनि दर्ता गरिसकेको छु ।  गीत तीन महिना पहिले कपिराइटमा दर्ता गरेको छु ।’

गीत कपी भएको भए दर्ता नै नहुने रायमाझीले बताए । ‘कपिराइटमा दर्ताको प्रमाण चाहिन्छ भने पेस गर्न तयार छु,’ रायमाझीले अगाडि भने ।

गायक कार्की भने कानुन त गीत आफ्नो भएको दाबी गर्छन् । ‘म अहिलेसम्म चुप लागेर बसेर मात्र हो । मसँग भएको प्रमाणले गीत चोरी भएको पुष्टि गर्छ,’ कार्की थप्छन् ‘उहाँहरुले गीत हटाउनु भएन भने कानुनी उपचारमा जान्छु ।’ कार्कीले गीत जसले हेरे पनि गीत दुई सय प्रतिशत कपी भन्ने धारणा राख्ने सुनाए ।

गायिका एलिनाको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको