Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

इटहरीमा सुविधासम्पन्न बसपार्क बन्दै

समाचार शेयर गर्नुहोस्

पूर्वी नेपालको संगमस्थल मानिने सुनसरीको इटहरीमा अत्याधुनिक र सुविधासम्पन्न बसपार्क बन्ने भएको छ।

इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर नयाँ बसपार्क निर्माणको काम सुरू भएको छ।

मंगलबार इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका  छन्। भवन निर्माण भए सँगै अत्याधुनिक र सुविधा सम्पन्न हुने नगर प्रमुख पौडेलको भनाइ छ।

श्री अर्थ–हाम्रो–श्रीमान हेटौंडा–६,मकवानपुरले  ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का पारेर उक्त बसपार्क निर्माण सुरू भएको हो।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागेको हो।  झन्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यस्थित भएकाले नमुना बस पार्क निर्माणको काम सुरु भएको पौडेलले बताए।

बसपार्कमा नगर विकास कोष काठमाडौंले  ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ।

उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्टसहितको हुनेछ।

१८ महिनाभित्र बस पार्क निर्माण गरिसक्ने लक्ष्य राखिएकाे छ। ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको