Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग

समाचार शेयर गर्नुहोस्

खजुरा, माघ २३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीकाे परिवारलाई आर्थिक सहयोग गरेको छ ।

बर्दिया स्थायी घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत रहेका बेलामा गत माघ १४ गते सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवान स्वर्गीय विकाश डाँगीको परिवारलाई सहयोग स्वरुप आर्थिक रकम प्रदान गरिएको बाँके प्रहरीले जनाएको छ ।

स्वर्गीय डाँगीको गत माघ १४ गते डिउटीमा खटिएको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ स्थित नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीबाट सङ्कलन गरिएको दुई लाख ६० हजार ७८ रुपियाँ नगद रकम प्रहरी निरीक्षक सुजन शाहले स्वर्गीय डाँगीको घर मधुवन नगरपालिका ८ बर्दिया पुगेर आश्रित परिवारलाई हस्तान्तरण गर्नुभएकाे हो ।

२०५५ सालमा जन्मनुभएका स्वर्गीय डाँगी २०७६ सालमा प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको