Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौँडा नगर समिति गठन

समाचार शेयर गर्नुहोस्

हेटौंडा- नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत मंगलबार एक भेलाकाबीच हेटौंडा नगर समिति गठन गरिएको छ।

हेटौंडा उपमहानगरपालिका वडा १० स्थित लिडोइन होटलको सभाकक्षमा आयोजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन भएको हो।

भेलाले उपाध्यक्षमा सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले र कोषाध्यक्षमा सानुकाजी बास्ताकोटी चयन गरेको छ। यस्तै समितिको सदस्यहरुमा विज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी चयन भएका छन्।

भेलाको उदघाटन गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सबैभन्दा बढी पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले पुगेका थिए। उनले ब्यानर बाचन गरि भेलाको उद्घाटन गरेका थिए।

नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर जिल्ला शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानले शपथ ग्रहण गराएका छन्। यस्तै कर्माचार्यले नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको