Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

संसदलाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग

समाचार शेयर गर्नुहोस्

काठमाडौँ, माघ २४ गते । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसदको सुसञ्चालन, सुशासन कायम र सेवा प्रवाहका सवालमा सरकारलाई थप जिम्मेवार बन्न आग्रह गर्नुभयो । संसदको गत अधिवेशनमा एकमात्र कानुन बनेको र संसदीय समितिको नेतृत्व चयनमा ढिलाइ भएको हुँदा प्रभावकारी काम हुन नसकेको उल्लेख गर्दै उहाँले चालु अधिवेशनमा सभामुखबाट ल्याइएको कार्यतालिकाको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षका हैसियतले एमालेले जनताका विकास र निर्माणका सवाललाई घनिभूतरुपमा उठाउने बताउनुभयो । उहाँले एमालेले सञ्चालन गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी (पुष्पलाल) सङ्कल्प यात्राका क्रममा प्राप्त जनताका अपेक्षा र चाहनालाई समेटेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइएको ध्यानाकर्षण कार्यान्वयन हुनुपर्ने माग गर्नुभयो ।

उहाँले राष्ट्रिय गौरवका आयोजनादेखि गाउँगाउँका खानेपानी, विद्यालय भवन र स्थानीय तहका आधारभूत अस्पताल निर्माणका काम गर्नुपर्ने भन्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो । नेता गिरीले प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम र सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालनको माग गर्नुभयो । उहाँले रुसी सेनामा कामका लागि गएका नेपालीहरु उद्धार गरी नेपाल ल्याउन र इजरायलमा सम्पर्कबिहीन भएका विपीन जोशीलाई सकुशल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

हाँले देशभित्र रोजगारी दिन पनि नसक्ने र कामका लागि दक्षिण कोरिया जान खोजेका युवाले गोली लागेर ज्यान गुमाउनुपर्ने अवस्था दुखद् भएको बताउनुभयो । बैंकहरुले वर्षमा चार पटकसम्म ब्याजदर बढाएर उद्यमी र ऋणीलाई डुबाएको र सहकारी सञ्चालकले बचतकर्तालाई रुँदै सडकमा आउन बाध्य पार्ने स्थिति भएको उल्लेख गर्दै उहाँले यसमा सरकारले यस्ता मुद्दामा जति सुकै बलिया व्यक्ति भए पनि कानुनको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । उहाँले एनसेनको शेयर खरिद प्रक्रियामाथिको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको