गाजा । इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुले युद्धविरामसम्बन्धी हमासको प्रस्ताव अस्वीकार गरेका छन् । केही महिनाभित्रै गाजामा पूरा जित सम्भव भएको भन्दै उनले सो प्रस्तावका सर्तहरू ठाडै अस्वीकार गरेका हुन् ।
इजरायल समर्थित युद्धविरामको प्रस्तावको प्रतिउत्तरमा हमासले पनि एक पछि अर्को गर्दै मागहरू राखेपछि नेतान्याहुको अभिव्यक्ति आएको हो । हमाससँगको वार्तामा कुनै प्रगति नभएको अनि उसले राखेको सर्तलाई बेतुकको बताएका थिए । दुई पक्षबीच कुराकानी भइरहेको छ ।
तर अहिलेसम्म वार्ता टुङ्गोमा लागेको छैन । ‘ पूर्ण र अन्तिम जित बाहेक कुनै समाधान नै छैन ’ बुधबार पत्रकार सम्मेलनमा नेतान्याहुले भनेका थिए । हमासले मंगलबार युद्धविरामको प्रस्तावमा आफ्नो सर्तहरू तेर्साएको थियो । यसमा तीन चरणका प्रस्तावहरू थिए ।