Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

सम्पन्न कामको रकम भुक्तानी दिलाउन ठेकेदार कम्पनीको सार्वजनिक अपिल

समाचार शेयर गर्नुहोस्

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसंग पहल गरिदिन सार्वजनिक अपिल गरेको छ ।

ठेकेदार कम्पनी महादेव खिम्ती हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पूरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसंग आग्रह गरेको हो ।

पुल छेउमै होडिङ्ग बोर्ड राखेर सार्वजनिक गरिएको सूचनामा भनिएको छ– यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि जे.भी.ले निरन्तर र नियमित निर्माण कार्य गरिहरेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ ।’

समयमै भुक्तानी नपाएको कारण देखाउँदै कम्पनीले हाल निर्माणको कामसमेत रोकेको छ । ठेकेदार कम्पनीका सञ्चालक रवि सिंहले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाएका छन्  । सम्झौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिले ५ वर्ष पूरा भइसक्दा पनि निर्माण कार्य ५६ प्रतिशत मात्रै काम पूरा भएको छ । सञ्चालक सिंहले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत गर्नसक्ने गरी काम सम्पन्न गर्ने बताएका छन् ।

ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानीका लागि सहयोग गरिदिन निर्माण स्थालमा नै सार्वजनिक सूचना टाँस गरेको हो ।

ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले आर्थिक वर्ष २०७४-२०७५ मा ठेक्का सम्झौता भएर पनि सडक विभागले समयमै बेलिबिज्र नबनाइदिएका कारण ३ वर्षसम्म काम सुरु गर्न नसकेको र ढिला काम शुरु भएको बताए । २०७९-०८० भित्र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्मको लागि म्याद थप गरिएको छ । साबिक पुलको पिलर दुई पटक भासिएपछि सडकको चौडाइसँगै दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण गर्न १५ करोड १२ लाखमा ठेक्का लगाइएको थियो । तर पुल निर्माणमा हुदैआएको ढिलासुस्तिले सो क्षेत्र भएर आवतजावत गर्ने सवारी र ढुवानीका साधनहरु समस्यामा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको