वास्तु अनुसार घरको सिढी बनाए लाभदायक

समाचार शेयर गर्नुहोस्

२५ माघ, काठमाडौं ।  वास्तु विज्ञानले घरको समग्र प्रारुप कस्तो हुनुपर्छ भनेर निर्देश गर्छ । कस्तो माटोमा घर बनाउने, मोहोडा कुन दिशामा फर्काउने, शयन कक्ष लगायत कुन–कुन दिशामा बनाउने, झ्याल–ढोका कति राख्ने इत्यादि ।

वास्तु विज्ञान अनुसार घर बनाउँदा घरमा शुभ हुने विश्वास गरिन्छ । वास्तवमा वास्तु आफैंमा यस्तो विज्ञान हो, जसले भरपर्दो, सहज, सुविधाजनक घर निर्माणका लागि रेखाचित्र प्रदान गर्छ ।

घरको छतमा वा माथिल्लो तलामा जानको लागि बनाइने सिढी वास्तु शास्त्रका अनुसार बनाए लाभदायक हुने भएको छ । वास्तु शास्त्रका अनुसार  दक्षिण, दक्षिण-पश्चिम या पश्चिम दिशामा सिढी बनाउन उपयुक्त हुन्छ ।

अज्ञानवस वा कुनै कारणले पूर्व र उत्तरपूर्व कोण ‘ईशान’ मा सिढी राखियो भने वास्तु दोष हुन जान्छ । यसले गर्दा  घरका सदस्यहरूमा शारीरिक वा मानसिक रोग, धनको अपव्यय र आकस्मिक दुर्घटना हुनसक्ने सम्भावना धेरै हुने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

पूर्व वा ईशान कोणमा यदि सिढी छ भने त्यसलाई हटाउन  संभव हुँदैन यस्तो अवस्थामा त्यस्को  वास्तु दोष हटाउनको लागी  घरको छतमा दक्षिण पश्चिम दिशामा एउटा कोठा बनायो भने वास्तु दोष नास हुनसक्छ । यदि कोठानै बनाउन सकिदैन भने छतको दक्षिण पश्चिम दिशामा टिनशेड लगाएर त्यहाँ काम नलाग्ने भारी सामान राख्न सक्नुहुन्छ ।

पूर्व दिशामा बनाएको सिढी पूर्व या उत्तर दिशाको दिवालमा टाँसिएको छ भने पनि वास्तु दोष हुन जान्छ, त्यसैले सकेसम्म पूर्व या उत्तर दिशाको दिवालमा नटासिनेगरी सिढी निर्माण गर्नु लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको