काठमाडौं केन्द्रित स्वतन्त्र आन्दोलन अब चितवन मा पनि सुरु

समाचार शेयर गर्नुहोस्

चितवन

बिगत केहि दिन अगाडी बाट निरन्तर काठमाडौं माइतिघर मण्डलामा हुदै आइरहेको स्वतन्त्र तथा राष्ट्र बादी को संयुक्त नागरिक आन्दोलन चितवन मा पनि सुरु गरिएको छ । चितवनका राष्ट्र बादी ब्यक्तित्व गोपाल लामाको नेतृत्व मा उक्त आन्दोलन को सुरुवात गरिएको हो । उक्त कार्यक्रम चितवन को चौबिस कोठी मा सयौ नागरिक को उपस्थिती मा सम्पन्न भएको छ । कार्यक्रम मा प्रमुख आतिथ्यता मा समाजसेबि यदुनाथ सिग्देल, विशिष्ट अतिथी मा बिश्व हिन्दु महासंघ चितवन का अध्यक्ष्य प्रेम गैरेे, विशिष्ट अतिथी मा नागरिक बचाउ महाअभियान नारायणी अञ्चल का प्रबक्ता तथा पुर्ब चितवन जिल्ला अध्यक्ष मेगराज पौडेल, बिशिष्ट अतिथी मा राष्ट्रिय उपभोक्ता मन्च का अधक्ष्य जिबलाल पुरी, अतिथी मा चितवन अटोमोबाइल का प्रतिनिधी, कृषि अभियान्ता रामचन्द्र सुबेदी , राप्रपा नेपाल नेतृ गोमा शर्मा, मुस्लिम लिग चितवन का प्रतिनिधी को उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि यदुनाथ सिग्देल ले चितवन मा पनि अब काठमाडौं,पोखरा बुटवलमा भएको आन्दोलन हुने र अझै बथहत बन्दै र बढ्दै जाने र यो ब्यबस्था फाल्ने भनेर बताउनु भयो । धर्म सस्कृति राष्ट्र राष्ट्रियता जोगाउन हदैसम्म जाने, गणतन्त्र ल्याउन आँखा दान गरेको हो अब राजतन्त्रको लागि चाहे जिबन दान गर्न किन नपरोस् भनि आक्रोश पोख्नु भयो । भने बिश्व हिन्दु महासंघ चितवन का अध्यक्ष्य ले हिन्दु समाज माथिको ज्यादती र बढ्दो इसाइकरण बिरुद्ध एकजुट हुनु पर्ने भनि मन्तब्य राख्नु भयो । राष्ट्रिय उपभोक्ता मन्च का अध्यक्ष्य जिबलाल पुरिले पनि कार्यक्रम मा एक्यवद्धता जनाउँदै ब्यबस्था बिरोधी आन्दोलन जो सुकैले गरे पनि साथ र सहयोग हुने प्रतिबद्धता गर्नु भएको थियो ।  एक्ला एक्लै हिडेर कहि नपुग्ने एकजुट भएर ब्यबस्था माथि हान्नु पर्ने बताउदै नागरिक बचाउ महाअभियान मा सबै स्वतन्त्र राष्ट्र बादी नागरिक आउनुपर्ने जोड दिदै नागरिक बचाउ महाअभियान का नारायणी अञ्चल प्रवक्ता ले आफ्नो आवाज राख्नु भयो । उक्त कार्यक्रम लाई राजु सापकोटाले सहजिकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *