अर्थमन्त्रालयका सचिवद्वय फेरिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको हो ।
तोयम राय अहिले वाणिज्य सचिव छन् । घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् ।
हाल मन्त्रालयमा कृष्णहरि पुष्कर अर्थसचिव र राजस्वमा रामेश्वर दंगाल थिए ।
राय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । उनीसँग अर्थमन्त्रालयमा समेत काम गरेको अनुभव छ । यसैगरी उनले भन्सार विभागमा पनि काम गरिसकेका छन् ।