काठमाडाैं,१६ साउन
शेयर बजार मंगलबार पनि ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा कायम भएको हो ।
सोमबार ५ अंकले घटेको बजारमा आज ६० लाख १५ हजार ६७ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन ८ करोड ७४ लाख रुपैयाँसहित कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।