नेपाल विद्युत प्राधिकरणको नाफा १ अर्बले घट्यो

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२५ साउन

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ।

बिहीवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  आर्थिक वर्ष ०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिएका हुन् ।

तर, प्राधिकरणको यो नाफा १ अर्ब ४ करोडले घटेको हो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो । गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *