चितवन। ” रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रर्बद्धन हाम्रो अभियान” भन्ने मूल नाराका साथ पौष २६ देखि माघ ८ गते सम्म रत्ननगर महोत्सव-२०८० हुँदैछ।
रत्ननगर महोत्सव २०८० को १२ औं संस्करणको सन्दर्भमा विविध जानकारी दिने उद्देश्यले आज सौराहामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना भैरहेको रत्ननगर महोत्सवले समग्र जिल्ला तथा बिशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको मूल आयोजक समिति संयोजक शंकर गिरीले जानकारी दिनुभयो।
रत्ननगर महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कता र संस्कृति सहित राष्ट्रिय अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन्। देशकै तेश्रो पर्यटकीय चितवन सौराहाको मूल द्वार रत्ननगरमा हुने यस महोत्सबले विशेष सामाजिक, सांस्कृतिक महत्व बोकेको छ। यसले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता ल्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबर्द्धनलाई जानुका साथै उद्योग एवं व्यापार प्रवर्द्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनको प्रदर्शन, प्रवर्द्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने कुरा छर्लङ्ग छ।
यस पटकको महोत्सबमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा यहिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । रत्ननगर महोत्सव २०८० लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिड कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको छ।
को १२ औं संस्करणको सन्दर्भमा विविध जानकारी दिने उद्देश्यले आज सौराहामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना भैरहेको रत्ननगर महोत्सवले समग्र जिल्ला तथा बिशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यवसाय र अन्य भार्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको मूल आयोजक समिति संयोजक शंकर गिरीले जानकारी दिनुभयो।
रत्ननगर महोत्सव २०८० मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कता र संस्कृति सहित राष्ट्रिय अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ४५० स्टलहरु रहने छन्। देशकै तेश्रो पर्यटकीय चितवन सौराहाको मूल द्वार रत्ननगरमा हुने यस महोत्सबले विशेष सामाजिक, सांस्कृतिक महत्व बोकेको छ। यसले समग्र आर्थिक क्रियाकलापमा गतिशिलता स्याउन, स्वदेशमा उत्पादित बस्तु तथा सेवाहरुको बजार पहिचान गरी नव व्यवसायी र व्यवसायिक क्षेत्रको प्रबर्द्धनलाई जानुका साथै उद्योग एवं व्यापार प्रवर्द्धनको लागि स्थानीय तथा स्वदेशी औद्योगिक उत्पादनको प्रदर्शन, प्रवर्द्धन, प्रचार प्रसारको लागि समेत त्यतिकै महत्व राख्ने कुरा छर्लङ्ग छ।
यस पटकको महोत्सबमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब २५ करोडभन्दा यहिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ । रत्ननगर महोत्सव २०८० लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिड कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३९ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको छ।
महोत्सवमा कृषि उत्पादनलाई जोड दिनुका साथै बृहत व्याबसायिक कृषि प्रर्दशनी तथा मकैवाली विशेषमा मकैका नया प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाई प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष प्राथमिकता दिईएको आयोजकले बताएको छ।
स्थानीय स्तरमा उत्पादित अन्नवाली नकैवाली, ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजनहरु महोत्सबमा प्रदर्शन र बजारीकरणको व्यवस्था गरिने छ । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित, पूर्वि चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गरी सरोकार बात संग जिल्ला ट्राफिक र प्रदेश ट्राफिक सग समन्वय गरी दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, विभिन्न गोष्ठी चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने छ। यस बर्षको महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाब पेश गरिने छ ।
महोत्सबमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अन्तंगत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, धार्मिक पर्यटकीय क्षेत्रहरुको भ्रमण, टिकौली होमस्टे, चेपाङ बस्ती र समाजसंग साक्षात्कार हुन पहाडी पदयात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बिसहजार ताल, टिकौलीमा रहेको जैविक विविधता सुचना केन्द्रको प्रचार प्रसारका व्यवस्था पनि मिलाइएको छ ।
रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगर भित्रका धार्मिक तथा अन्य पर्यटकीय स्थलहरुको अबलोकन गरी प्रबर्द्धनको काम सुरु गरिसकेका छौ। महोत्सबमा अटो, कृषि, शैक्षिक, पशुपक्षी व्यवसायसंग सम्बन्धित छुट्टै परिसर रहने छ। विगतका बर्षमा जस्तै बालबालिकाहरुका लागि फनपार्क परिसरले पनि निरन्तरता पाउने छ।
विगतमा जस्तै महोत्सब अन्तंगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगर नगरपालिका, सौराहाचोक बसपार्कमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकार सहित पांचो पटक रत्ननगर सांस्कृतिक खाना महोत्सव २०८० आयोजना गरिने छ ।
रत्ननगर महोत्सबमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारको मनोरञ्जतात्मक सांगीतिक प्रस्तुति तथा स्थानीय स्तरका उदियमान तथा अवसरबाट बन्चित प्रतिभाका कला प्रष्फुटन अवसर महोत्सव अवलोकनकर्ताको आकर्षण हुने गरेको छ। सुरक्षाको दृष्टिकोणले महोत्सवलाई पूर्ण अत्याधुनिक CCTV बाट निरीक्षण गरिनेछ भने १० करोड बराबर विमाको व्यवस्था गरिएको छ ।
रत्ननगर महोत्सब २०८० का मुख्य प्रायोजक होटल सेभेन स्टार प्रा. लि. सौराहा चितवत, रत्ननगर सांस्कृतिक खाना महोत्सव २०८० का प्रायोजक: सागर डिष्टिलरीका उत्पादन रोयल ब्लू ( Royal Blue) सह-प्रायोजक: एग्रो मिक्स फिड इण्डष्ट्रिज प्रा लि. रत्ननगर, नेपाल इन्टरनेशनल फर्टिलिटि एण्ड लेप्रोस्कोपी सेन्टर, (Nepal International Fertility and Laparoscopic Centre (NIFLC), एकीकृत कृषि फर्म, रत्ननगर, आधिकारीक बैंक नेपाल बैंक लि. रत्ननगर, आधिकारीक विमा: आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लि., टिकट सौजन्य: फस्ट वाक सुज (First Walk Shoes), मुल गेट सौजन्य: Grace International Chitwan Pvt. Ltd., रेष्टुरेण्ट परिसर सौजन्य: कोका कोला वेभरेज नेपाल, इन्टरनेट पार्टनर : Techmind Pvt. Ltd., सहयोगी संस्था यसोदा फुड, आईएम ई बैक लि, प्राइम टायल्स (Prime tiles with stile), मौलाकालिका केबुलकार प्रालि, प्रवर्द्धक नेपाल उद्योग वाणिज्य माहासंघ, रत्ननगर नगरपालिका कार्यालय, कालिका नगरपालिका कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय रहेका छन्।
महोत्सवमा सर्वसाधारण तर्फ रु ५० र विद्यार्थी शुल्क रु २५।- टिकट दर कायम गरिएको छ। जेष्ठ नागरिक, फरक क्षमता तथा एकल महिला लाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
त्यसै गरि रत्ननगर महोत्सव अवधिभर रत्ननगर महत्सवको अवलोकन गर्न टिकट काटिएका दर्शकहरुलाई टिकट दर १५० र रु २५ को टिकट लिँदा मौलाकालिका केबुलकारबाट लिईनै टिकट दर रु.५५०।- मा ५०% छुटको व्यवस्था गरिएको छ। त्यसै गरि रत्ननगर उद्योग वाणिज्य संघका सदस्यहरुलाई चितवन मेडिकल कलेज (CMC भरतपुरमा स्वास्थ्य सेवामा २० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको गिरीले बताउनुभयो।