राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् ।
बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् ।
राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन् । निर्वाचन नजिक आए पनि भागबन्डा भने मिलिसकेको छं ।
यसपटक राष्ट्रिय सभाको १९ सिटका लागि चुनाव हुँदैछ ।