९ देखि शलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु

समाचार शेयर गर्नुहोस्

शलोम पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु भएको छ । चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल मेसिनरी व्यवसायी संघले जानकारी दियो ।

त्याहा कृषि यन्त्र, उपकरण, औजार तथा प्रविधिको प्रदर्शनी साथेइ ‘मेड इन नेपाल प्याभिलियन’ समेत हुनेछ । प्रदर्शनीको विशेष आकर्षकको रुपमा पहिलो पटक कृषि कर्जा मेला समेत आयोजना गरिँदैछ ।

अहिले कृषि कर्म गरिरहेका किसानहरुले लगानी गर्न बैंकबाट कर्जा लिन के–के गर्ने र सहज रुपमा बैंकहरुले किसानसमक्ष कर्जा पुर्याउन के कस्ता उपाय अपनाउन सकिन्छ भनेर बैंक र किसानसँग जोड्ने थलो उक्त प्रदर्शनीले जुटाइदिएको छ । किसान र बैंकिङ क्षेत्रमा देखिएका समस्या हल गर्न र किसानलाई बुझाउन पनि प्रदर्शनीले सहयोग पुर्यौने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको