चितवन, भरतपुर
चितवनको भरतपुर स्थित प्रदर्शनी केन्द्रमा चलिरहेको ५ औ कृषि यान्त्रिकरण प्रदर्शनी-२०७८ मा आज दोश्रो दिन पनि ब्यापक भिड लागेको छ । स्थानीय कृषकको गुणवत्ता बृद्धि गर्न र पछौटे नेपाली कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न उक्त मेलाले ठुलो टेवा पुर्याएको स्थानिय पवन कुमार न्यौपाने ले बताउनुभयो। इजरायलमा ९ बर्ष बढि कृषि गरेर त्यहाँको हाइटेक प्रविधि हरु नेपाल भित्राइ नेपालको कृषि विकास लाई टेवा पुर्याउने उदेश्य रहेको सलोन एग्रिकल्चर का अध्यक्ष ले बताउनुभयो । उक्त मेलामा कृषि लाई चाहिने बिहु, मल, सिंचाई र खन्ने देखि जित्ने सम्म पशुपालन लाई आवस्यक औजार र दाना देखि स्थानिय अपाङ्गता भएका ब्यक्तिहरुको उत्पादन सम्म राखिएको छ। उक्त मेला आउदो १२ गते सम्म चल्ने छ ।