माडीको माछालाई बजार सम्म पुर्याउने पाण्डेको योजना

समाचार शेयर गर्नुहोस्

आफूले उत्पादन गरेको माछाले उचित बजार र मूल्य नपाउँदा माडीका माछापालक किसान पोखरी पुर्न तयार रहेको भन्दै कुनै पनि किसानलाई आफूले गर्दै आएको पेसाबाट पलायन हुनबाट रोक्ने उहाँको भनाइ छ । ‘आफ्नो देशको नागरिक कुनै पेसामा सक्रिय छन् भने त्यसको फाइदा देशलाई नै हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले कुनै व्यक्तिले गरेको पेशाबाट बजारको आवश्यकता परे व्यवस्थित बजार व्यवस्थापन गरिदिने हो । पेशाबाटै भाग्न दिने होइन                                                                                                                                                                                                                                                                                    Minister for Forest and Soil Conservation Bikram Pandey speaking at a programme in Chitwan, on Thursday, November 16, 2017. Photo: Tilak Ram Rimal

चितवन–३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले भारतबाट आउने अवैध माछाको आयातलाई पूर्णरूपमा बन्द गराउने बताउनुभएको छ । चुनावी घरदैलोका क्रममा माडी पुग्नुभएका नेता पाण्डेले माडीमा माछाको उत्पान राम्रो भए पनि छिमेकी मुलुकबाट आउने माछाका कारण स्वदेशी माछाको बजार डामाडोल भएको भन्दै स्वदेशी माछाको बजारीकरणमा आफूले भूमिका खेल्ने बताउनुभएको हो ।

छिमेकी मुलुकबाट आउने माछाले बजार छोपिदिँदा माडीका व्यावसायिक माछापालक किसान मर्कामा परेको भन्दै नेपाली किसानको हितमा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।  माडीमा उत्पादन भएको माछालाई चितवनको बजारले मात्रै धान्न नसके छिमेकी जिल्लामा निर्यात गरेरै भए पनि व्यवस्थित बजारीकरणको वातावरण सिर्जना गरिदिने पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको