हेटाैँडामा यही जेठ १६ गतेदेखि खुला पुरूष राष्ट्रिय भलिबल प्रतियाेगिता हुने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

हेटाैँडामा यही जेठ १६ गतेदेखि खुला पुरूष राष्ट्रिय भलिबल प्रतियाेगिता हुने भएकाे छ। केशवलाल श्रेष्ठ स्मृती केन्द्रीय प्रतिष्ठान हेटाैँडा र मकवानपुर जिल्ला भलिबल संघकाे संयुक्त आयाेजनामा उक्त भलिबल प्रतियाेगिता हुन लागेकाे हाे।

आज आइतबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो।हेटौँडा-४ स्थित हुप्र चौरमा रहेको भलिबल कोर्टमा हुने प्रतियोगितामा देशभरका विभिन्न दशवटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित आयोजक मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा र पाथिभरा भलिबल टिम झापाको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्वितीय हुने टिमले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमलाई ५०/५० हजार नगद प्रदान गरिने अध्यक्ष विष्टले बताए।

उहाँका अनुसार प्रतियाेगिताकाे सर्वाेत्कृष्ट खेलाडीलाइ नगद १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडिहरूलाइ जनही नगद पाँच/ पाँच हजार पुरस्कार प्रदान गरिने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको