यू-१६ लिग फुटबल असार ३० गतेदेखि सुरू

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

एन्फा यू १६ लिग फुटबल असार ३० गतेदेखि आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)  ले आइतबार यू–१६ लिग असार ३० बाट शुरु हुने जनाएको हो ।

यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ ।

लिगको खेल तालिका असार २५ मा सार्वजनिक गरिनेछ । लिगका खेलहरु शुक्रबार वा शनिबार अथवा सार्वजनिक बिदाको दिन खेलाइनेछ। यस्तै एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३  लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको