काठमाडाैं,१७ असार
जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत यूएईविरुद्धको प्लेअफ खेलमा नेपाललाई दोस्रो सफलता हात पारेकाे छ।
नेपाललाई दोस्रो सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए । उनले आफ्नो पहिलो ओभरको अन्तिम बल अर्थात् खेलको १४ औँ ओभरमा आर्यंश शर्मालाई आरिफ शेखको हातबाट २८ रनमा आउट गरे ।
यसअघि करण केसीले पहिलो ओभरको दोस्रो बलमै आसिफ खानलाई शून्य रनमै पभिलियन फर्काएका थिए । हरारेको टाकासिंगा स्पोर्ट्स क्लबको मैदानमा नेपालले टस जितेर सुरुमा यूएईविरुद्ध बलिङ रोजेको हो । नेपालले बलिङ रोजेपछि यूएईले सुरुमा ब्याटिङको निम्तो पाएको हो ।
नेपाल र यूएईबीचको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि गत शुक्रबार भएको पहिलो प्लेअफमा अमेरिकालाई आयरल्यान्डले पराजित गरेको थियो ।