काठमाडाैं,१९ असार
आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
मंगलबार भएको खेलमा नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्यान्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको हो ।आयरल्याण्डविरुद्ध गुल्सन झाले अर्धशतक प्रहार गरे ।
उनले अविजित ५७ रन जोडे। सन्दीप लामिछाने र गुल्सनले साझेदारीमा ८० रन बनाए । सन्दीप ३२ रन बनाएर बाहिरिए ।
यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए। कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्। करण केसी ४ रन बनाएर आउट भए ।